गृहपृष्ठ एप्स एसियाको टोली पोखरामा
एप्स एसियाको टोली पोखरामा
खेलकुद पत्रकारहरुको अन्तर्राष्ट्रिय छाता संस्था अन्तर्राष्ट्रिय खेलकुद प्रेस एशोसिएसन (एप्स) अन्तर्गत एसियाको एक टोली शुक्रबार पोखरा आइपुगेको छ ।
काठमाडौँ, पोखरा र जनकपुरमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) को अवलोकन र जानकारी लिन एप्सका महासचिव अमजद अजिज मलिक, उपाध्यक्ष ही डन जंग र एप्स एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशी पोखरा आएका हुन् ।
महासचिव मलिकm उपाध्यक्ष जंग र कोषाध्यक्ष राजवंशीले पोखरा रंगशालास्थित मिडिया सेण्टरलगायत अन्य खेल स्थलहरुको अवलोकन गरे । उनीहरुलाई मिडिया सेण्टरमा प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक एवं मिडिया सेन्टरका अध्यक्ष केशव पाठक, सहसंयोजक रञ्जन अधिकारी फोटो पत्रकार सुदर्शन रञ्जितले स्वागत गरेका थिए ।
टोलीलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष तथा सेफ दि डेपुटी मिसन पोखराका तेज गुरुङ्ले समेत १३औं साग पोखराको सचिवालयमा स्वागत गरी पोखरामा भएको खेलकुदको अवस्थाबारे जानकारी गराएका थिए ।
प्रकाशित समय १२:४० बजे
















