गृहपृष्ठ विना किरातीको डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ सार्बजनिक (भिडियोसहित)

विना किरातीको डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ सार्बजनिक (भिडियोसहित)

पूर्वेली गायिका बविना किरातीको आवाजमा डान्सिङ गीत ‘तिम्रो नशालु हेराईमा’ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । गीतमा युवायुवती वीचको प्रेम र आकर्षणलाई मुख्य रुपमा समेटिएको छ ।
दर्शक तथा श्रोता माझँमा निकै भावनात्मक गीतहरु बजारमा आइरहेको अवस्थामा यस पटक भने दर्शक तथा स्रोतालाई फरक किसिमको गीत प्रस्तुत गर्न खोजेको गीतका संगीतकार डिआर अटुले बताए ।
आफनो प्रेमीको साहरा नै जिवनको अपार खुशीको क्षण भएको कुरालाई गीतमा समेटिएको छ । गीतमा सुस्मा रानाहँमा को शब्द रचना रहेको छ । परदेशी भुमी (कोरिया) मा बसेर उनले गीत रचेकी हुन् । यस गीतमा डिआर अटुको संगीत, राजु कार्कीको एरेन्ज तथा दिपेन्द्र भटटराईको भिडियो सम्पादन रहेको छ ।

प्रकाशित समय १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु