गृहपृष्ठ कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’

कृष्णभक्त राईको ‘काँडा जति आफूलाई’

गायक तथा संगीतकार कृष्णभक्त राई नयाँ गीत लिएर श्रोता तथा दर्शकमाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैँ आफूलाई भूल अरु कसैको’ बोलको गीतमा राई स्वयंको संगीत तथा स्वर छ । गीतको भिडियो गायक राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाँकन तथा निर्देशन गायक तथा संगीतकार राईका जेठा छोरा अकिलको रहेको छ । त्यस्तै कान्छा छोरा मनसुनले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् । भिडियोमा युवा उमेरमा हुने प्रेमको उतारचढावको कथा बुनिएको छ ।

प्रकाशित समय १४:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु