गृहपृष्ठ नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

नेकपा सचिवालय बैठक (फाइल तस्बिर) ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा  केही बेरअघि सुरु भएको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि छुट्टाछुट्टै प्रस्तुत गरेका प्रस्तावमाथि छलफल हुनेछ कार्यतालिका छ ।

कात्तिक २८ गतेको बैठकमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रस्तावविरुद्ध प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीले मंसिर १३ गते जवाफी प्रस्ताव पेश गरेका थिए । ओलीले मंसिर ३ गते बसेको सचिवालय बैठकमा जवाफ दिनका लागि १० दिनको समय माग गरेका थिए । त्यसैअनुसार ओलीले १३ गतेको बैठकमा लामो जवाफी प्रस्ताव पेश गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको सचिवालय बैठक आजका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको थियो । तर, शीर्ष नेतामा गम्भीर सुरक्षा खतरा रहेको भन्दै बैठक बालुवाटारमै सारिएको हो । आजको बैठकमा दुबै प्रस्तावमा छलफल गरेर एकीकृत प्रस्तावका लागि ओली पक्षले पहल गर्नेछ भने प्रचण्डसहित बहुमत पक्षले दुबै प्रस्तावलाई स्थायी कमिटी बैठकमा लैजाने तयारी छ ।

प्रकाशित समय १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु