गृहपृष्ठ चाक्सीबारी बैठकप्रति देउवाको प्रतिक्रिया- नराम्रो रूपमा लिन्न

चाक्सीबारी बैठकप्रति देउवाको प्रतिक्रिया- नराम्रो रूपमा लिन्न

sherbahadur_deuba

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चाक्सीबारीस्थित पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा नेपाली कांग्रेसका नेताहरूले गरेको छलफललाई आफूले नराम्रो रूपमा नलिएको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

उक्त छलफललाई सामान्य रूपमा लिएको उनको स्पष्टीकरण थियो । ‘साथीहरू एक ठाउँ बसेर छलफल गर्नुलाई नराम्रो रूपमा लिनु हुँदैन,’ देउवाले भने, ‘त्यस्ता छलफल र बैठकले पार्टीमा कुनै फरक पार्दैन ।’

दबाबमा देउवा : प्रकाशमानको घरमा असन्तुष्टको छलफल

कांग्रेस केन्द्रीय समिति बैठक पौडेल-सिटौला पक्षद्वारा बहिस्कार

केही समयअघि काठमाडौंमा सम्पन्न कांग्रेसको महासमिति बैठकले दिएको म्यान्डेटविपरित संस्थापन पक्षले केन्द्रीय समितिबाट बहुमतका आधारमा निर्णय गरेपछि संस्थापनइतर पक्ष छलफलमा जुटेको थियो । उता त्यसको एक दिन पहिले कांग्रेसका ५६ जिल्लाका सभापतिले पनि केन्द्रीय समितिको उक्त निर्णय सच्याउन माग गर्दै आएका छन् ।

संस्थापन पक्ष आफूलाई पेलेर जाने मनस्थितिमा रहेको निस्कर्षसहित वरिष्ठ नेता रामचन्द्र पौडेल तथा अर्का नेता कृष्णप्रसाद सिटौलाले काठमाडौंको चाक्सीबारीस्थित श्रेष्ठको घरमा छलफल गरेका थिए । उक्त बैठकमा पौडेल, सिटौला, श्रेष्ठसहित महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष, सीतादेवी यादवको उपस्थिति थियो । त्यस्तै सोही बैठकमा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, कमला पन्त, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतको सहभागीता थियो ।

कांग्रेस किचलो : महासमिति बोलाउनुपर्ने जिल्ला सभापतिको निस्कर्ष

कांग्रेसको विधान बहुमतले पारित

जिल्ला सभापतिहरूले केन्द्रीय समितिको निर्णय सच्याउन र त्यसो नभए विशेष महाधिवेशन बोलाउन माग गरेका थिए । सो सम्बन्धमा बिहीबार विराटनगर विमानस्थलमा सभापति देउवाले महाधिवेशन ‘समय र परिस्थितिमा निर्भर रहने’ प्रतिक्रिया दिए । उनले तोकिएको समयमा महाधिवेशन गर्न प्रयास गरेको उल्लेख गर्दै त्यसो हुन नसके परिस्थिती अनुसार अघि बढ्ने बताए । ‘तोकिएकै मितिमा महाधिवेशन आयोजना गर्न सक्दो प्रयास गर्ने हो,’ सञ्चारकर्मीसँग देउवाले भने, ‘भएन भने जस्तो परिस्थिति आउँछ त्यही अनुसार अघि बढ्ने हो ।’

एकताको सन्देश देशैभरी पुगोस् : कांग्रेस सभापति देउवा

विमलेन्द्र निधि भन्छन्- कांग्रेसमा गुटउपगुट अन्त्य भयो

प्रकाशित समय १४:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु