गृहपृष्ठ सिके राउतसँग सरकारले गरेको सहमतिप्रति भट्टराईको टिप्पणी- गलपासो बन्ला है

सिके राउतसँग सरकारले गरेको सहमतिप्रति भट्टराईको टिप्पणी- गलपासो बन्ला है

baburam-newskarobar

पृथकतावदी अभियानको नेतृत्व गरेका अभियान्ता डा. सिके राउतसँग शुक्रबार सरकारले गरेको सहमतिप्रति पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराइले प्रश्न उठाएका छन् ।

उक्त सहमतिपश्चात डा. भट्टराईले ट्वीट गर्दै ‘गलपासो’ बन्न सक्ने टिप्पणी गरेका छन् । ‘अदालतले तारेखमा रिहाइ गरेको भोलिपल्ट भएको मधेसी पृथकवादी सी के राउत र पहाडी राष्ट्रवादी नेकपा सरकार वीचको सहमति नाटकीय देखिए पनि सकारात्मक मान्नुपर्छ !’ सहमतिप्रति टिप्पणी गर्दै डा. भट्टराईले टिप्पणी गर्दै ट्वीट गरेका छन्, ‘बरू २ नं बुँदाको “असन्तुष्टीहरूलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान”भनेको”जनमतसंग्रह”हो कि के हो भोलि गलपासो बन्ला है !’

baburam_tweet

प्रकाशित समय १८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु