गृहपृष्ठ ह्वीलचियर बास्केटबलको उपाधि आर्मी र प्रदेश ५ लाई
ह्वीलचियर बास्केटबलको उपाधि आर्मी र प्रदेश ५ लाई
लायन्स क्लव अफ बुटवल सयपत्री र नेपाल स्पाइनलकर्ड इन्जरी खेलकुद संघको संयुक्त आयोजनामा बुटवलमा भएको प्रदेश स्तरीय प्रथम ह्वीलचियर बास्केटबल प्रतियोगिताको उपाधि पुरुषतर्फ नेपाल आर्मी र महिलातर्फ प्रदेश नम्बर ५ ले जितेका छन् ।
शनिबार भएको फाइनलमा नेपाल आर्मीले प्रदेश नम्बर २ लाई १८–१० को अन्तरले हराउदै उपाधि जितेको हो । प्रदेश नम्बर २ को दोस्रोमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै तेस्रो गण्डकी प्रदेश भएको छ । गण्डकी र प्रदेश ३ कोबीचमा भएको खेलमा १४–१२ को अन्तरले हराउदै गण्डकी प्रदेश तेस्रो भएको हो ।

त्यस्तै महिला टिमतर्फ प्रदेश नम्बर ५ प्रथम भएको छ । प्रदेश नम्बर १ लाई १२–०४ अंकले हराउदै प्रदेश नम्बर ५ प्रथम भएका हो । प्रदेश नम्बर १ दोस्रो भएको छ । त्यस्तै प्रदेश नम्बर ३ र सुदुरपश्चिका बीच भएको खेदमा ८–० अंकले प्रदेश नम्बर ३ तेस्रो भयो । महिलातर्फ प्रदेश नम्बर ५ की ज्वोती अर्याल उत्कृष्ट खेलाडी घोषित भइन् । हाइ स्कोररमा प्रदेश नम्बर १ की जानुका तामाङ्ग घोषित भइन् । उनले कुल ८ अंक बनाएकी थिइन् ।
त्यस्तै पुरुष खेलाडीतर्फ उत्कृष्ट खेलाडी प्रदेश नम्बर २ का जर्सी नम्बर ७ खेलाडी दना तामाङ्ग घोषित भए । त्यस्तै हाइ स्कोररमा नेपाल आर्मी का राजु गुरुङ्ग घोषित भए । उनले ५२ व्याक्तिगत अंक बनाएका थिए ।

विजेता खेलाडीहरुलाई शनिबार पुरस्कार प्रदान गरिएको छ । कार्यक्रमको मुख्य प्रयोजक प्रभु पे की डिजिटल फाईनान्स अफिसर रिना श्रेष्ठ, लायन्स क्लव ३२५ वि २ डिष्ट्रीक गर्भनर शुनिल ओझा, नेपाल स्पाइनलकर्ड इन्जरी खेलकुद संघका अध्यक्ष बाबुराम मिश्र, लायन्स क्लव अफ बुटवल सयपत्रीकी अध्यक्ष रोशनी पाण्डे, कार्यक्रम संयोजक एली क्षेत्री र देवी आचार्य लगायतले पुरस्कार प्रदान गरेका थिए ।
प्रकाशित समय ०७:२८ बजे

















