गृहपृष्ठ केही भूभागको विषयमा जनमत संग्रह हुँदैन : कांग्रेस
केही भूभागको विषयमा जनमत संग्रह हुँदैन : कांग्रेस
राउत समूहसँग भएको सहमितबारे प्रष्ट पार्न सरकारलाई आग्रह
तस्बिर : रासस
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको केही भूभागको विषयमा जनमत संग्रह हुन नसक्ने बताएका छन् । नेपाल प्रेस युनियन म्याग्दीले बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार र सिके राउत समूहबीच भएको सहमतिपत्रको बुँदामा प्रयोग गरिएको जनअभिमत शब्दलाई जनमत संग्र्रहका रुपमा स्वीकार गर्न नसकिने बताए ।
तर, सभापति देउवाले सरकारले राउतसँग गरेको वार्ता सकारात्मक रहेको बताए । उनले भने, ‘देशलाई विभाजन गर्नुपर्छ भन्ने मत राख्ने समूहलाई मुलुकको अखण्डतालाई स्वीकार गरी शान्तिपूर्ण बाटोबाट मूलधारमा ल्याउनुु राम्रो पक्ष हो ।’
केही बुँदामा अस्पष्टता भए त्यसलाई प्रस्ट पार्न उनले सरकारलाई आग्रह गरे । पार्टी विधान अनुसार नै चलेको बताउँदै सभापति देउवाले पार्टीमा चुनाव लड्ने सबैलाई अधिकार रहेको बताए ।
प्रकाशित समय १३:४७ बजे
















