गृहपृष्ठ सञ्चारकर्मी सरोज लामिछानेको सुन जस्तो पित्तल सार्वजनिक
सञ्चारकर्मी सरोज लामिछानेको सुन जस्तो पित्तल सार्वजनिक
सञ्चारकर्मी तथा गायक सरोज लामिछानेको सुन जस्तो पित्तल सार्वजनिक गीत सार्वजनिक भएको छ । माया प्रेमलाई विषयबस्तु बनाइ तयार पारिएको सो गीतमा गायक लामिछाने र सरिता रिजालको आवाज छ ।
गीतको केही टुक्का टिकटकलगायतले सामाजिक सञ्जालमा यसअघि नै चर्चा पाइसकेका छन् । गायक लामिछानेकै लय तथा शब्द रहेको सो गीतमा दिनेश थापा, एलिना रायमाझी, कल्यानकुमार कार्की, मुस्कान घर्ति र सीमा भण्डारीको अभिनय छ । भिडियोको निर्देशन प्रकाश भट्टले गरेका हुन् ।
यसअघि गायक लामिछानेको सालको पात हे माया टपरी दुना, धानको बाला लसारी पसारी, सानु मायाय हासेर बोल लगायतका दर्जन बढी गीत दर्शक स्रोताले मन पराएका थिए ।
प्रकाशित समय २०:१७ बजे

















