गृहपृष्ठ भीम रावल भन्छन्- देशको हितमा बोल्दा टाउको दुखे देशभक्तिको चक्की खानु

भीम रावल भन्छन्- देशको हितमा बोल्दा टाउको दुखे देशभक्तिको चक्की खानु

bhim_rawal

शुक्रबार सरकराले पृथकतावदी अभियान चलाइरहेका डा. सिके राउतसँग ११ बुँदे सहमति गरेपछि त्यसले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद बढाएको छ । उक्त सहमतिको पक्ष र विपक्षमा सत्तारूढ नेकपाका नेताहरू खुलेरै लागेका छन् ।

सहमतिको विपक्षमा खुलेरै प्रस्तुत हुने नेताहरूमध्येमा स्थायी समिति सदस्य भीम रावल प्रमुख हुन् । उनले उक्त सहमतिको खुलेरै विरोध गर्दै आएका छन् । रावलले काठमाडौंमा भएको एक कार्यक्रममा उक्त सहमतिमा सरकारको तर्फबाट हस्ताक्षर गर्ने सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को राजीनामाका सम्बन्धमा आगामी बैठकमा छलफल गर्ने बताएका थिए ।

भीम रावलको प्रश्न- कसैले नेपाल समाप्त पार्टी गठन ग-यो भने सरकारले सहमति गर्ने ?

सरकारको जवाफ : सिके राउतसँग जनमत संग्रह गर्ने सहमति भएको छैन

bhim_rawal_tweet

सोही विषयलाई लिएर भएका टिका टिप्पणीप्रति असहमति जनाउँदै नेता रावलले लामो ट्वीट गरेका छन् । चार खण्डमा एउटै विषयमा लगातार ट्वीट गर्दै नेता रावलले आफूले देशको हितमा कुरा गरेको उल्लेख गर्दै कसैको टाउको दुखे ‘देशभक्तीको चक्की’ खान सुझाव दिएका छन् । ‘अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला,’ नेता रावलले भनेका छन् ।

नबुझी ‘प्याच्च बोल्नु’ विवेकी काम नभएको र आफूले सभागृहमा भेला नगरेको उनले बताए । आफूले अलग पार्टी खोल्ने कुरा नगरेको बताउँदै बरू धेरै पटक पार्टी मिलाउने कार्य गरेको स्पष्ट पारेका छन् । बुटवल महाधिवेशनको प्रसंग उठाउँदै उनले महाधिवेशनमा छाप लागेको एक बाकस मतपत्र नगनी थन्क्याइएपछि त्यस्तो ‘अनुचित कामप्रति’ विरोध जनाउँदै ढिलो सपथ लिएको पनि स्मरण गरेका छन् ।

 

यस्ता छन् रावलले गरेको चारवटा ट्वीट :

१. ‘नबुझि प्याच्च बोल्नु विवेकी काम होइन । मैले सभागृहमा भेला कहिल्यै गरेको छैन । अलग पार्टी खोल्ने कुरा गरेको छैन बरू पार्टी मिलाउने काम धेरै पटक गरेको छु । झण्डै १७ वर्ष अघि मिन भवनमा एमाले सु.प.क्षे.समन्वय कमिटीका ३५ सूत्रीय मागहरूबारे जानकारी गराउन भेला गरेको थिएँ । क्रमश…’

२. ‘वुटवल महाधिवेशनमा छाप लागेका एक बाकस मतपत्र नगनि थन्क्याइए पछि मैले त्यस्तो अनुचित कामप्रति विरोध जनाई शपथ ढिलो लिएको हुँ । महाधिवेशन स्थलमा शपथ नलिने अरू पनि हुनुहुन्थ्यो । मैले शपथ लिनेबेला एमालेको नेतृत्वमा सरकार बन्ने कुरै थिएन, पछिपनि मैले मन्त्री हुन खोजेको होइन । क्रमश…’

३. अत्यन्त प्रतिकूल स्थिति समाल्न भनिएकोले जिम्मेवारी लिई दृढताका साथ काम गरेको हुँ । जानकारी होस्, देश शान्ति प्रक्रियामा रहेको बेला एमाले पार्टीले मलाई शिक्षामन्त्रीमा पठाउने निर्णय गर्दा राजीखुशी अरू साथीलाई मन्त्री बनाउन पार्टीलाई अनुरोध गर्दै वालुवाटारमा क्रमश…’

४. संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ । अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला ।’

 

सम्बन्धित समाचार

अखण्ड राष्ट्रको सहमति गरेका राउतलाई स्वतन्त्र मधेशको झन्डाद्वारा स्वागत

राउतसँग भएको भएको सहमति उपलब्धिमूलक

राजपाद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता

प्रधानमन्त्रीले चेतावनी दिएको भोलिपल्ट राजपाले भन्यो- सरकारले द्वन्द्व निम्त्याउन खोज्यो

प्रधानमन्त्रीको स्पष्टिकरण- म मधेसविरोधी होइन

पूर्वमन्त्री थापाले भने- सिके राउतसँग सरकारले गरेको सम्झौता गम्भीर गल्ती

सरकार र सिके राउतबीच सहमति, तनावमा राजपा

द्वन्द्वको खेती गर्नेहरु विफल भइरहेका छन् : उपप्रधानमन्त्री पोखरेल

मधेसी जनता नेकपाको सम्पत्ति : प्रचण्ड

प्रकाशमान भन्छन्- राउतसँग भएको सम्झौताको भाषा त्रुटिपूर्ण

राष्ट्र विखण्डनको सपना कसैले नदेखे हुन्छ : विष्णु पौडेल

सिके राउतसँग भएको सहमति प्रष्ट्याउनुपर्यो : कांग्रेस प्रवक्ता शर्मा

सिके राउतको राजनीतिक यात्रा : खुल्लामञ्चको पहिलो भाषणदेखि ११ बुँदे सहमतिसम्म

सिके राउतसँग सरकारले गरेको सहमतिप्रति भट्टराईको टिप्पणी- गलपासो बन्ला है

सिके राउतमा असाधारण निर्णय क्षमता : प्रधानमन्त्री ओली

११ बुँदे सहमतिपछि सिके राउतले भने, ‘हामी बुद्धका सन्तान हौं’

सरकार र सिके राउतबीच भएको ११ बुँदे सम्झौतामा के छ ?

सरकार र सिके राउतबीच ११ बुँदे सहमति, राउत मूलधारको राजनीतिमा

सिके राउत नेकपा प्रवेश गर्ने कुरा हल्ला मात्र

राष्ट्रियसभा गृहमा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री र सिके राउतले आज एउटै मञ्चबाट सम्बोधन गर्ने

सिके राउतलाई थुनामुक्त गरी अनुसन्धान गर्न सर्वोच्चको आदेश

प्रकाशित समय ११:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु