गृहपृष्ठ मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने
मेट–लाइफको प्रिमियम इसेवाबाट तिर्न सकिने
पेमेन्ट गेटवे इसेवामार्फत अबदेखि अमेरिकन लाइफ इन्स्योरेन्स् कम्पनी, मेट–लाइफको प्रिमियम भुक्तानी गर्न सकिने भएको छ ।
इसेवा मार्फत पहिलो पटक जीवन बीमाको प्रिमियम भुक्तानी गर्न मिल्ने भएको हो । इसेवाबाट विभिन्न ८ वटा निर्जीवन बीमा कम्पनीको पनि प्रिमियम भुक्तानी गर्न सकिन्छ । पहिलो पटक जीवन बीमा कम्पनीले अनलाइन मार्फत प्रिमियम भुक्तानी लिन सुरू गरेको कम्पनीले जनाएको छ ।
अनलाइन प्रिमियम भुक्तानीसम्बन्धि सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र मेटलाइफको तर्फबाट भाइस प्रेसिडेन्ट तथा जनरल म्यानेजर निर्मल काजी श्रेष्ठले हस्ताक्षर गरेका थिए ।
प्रकाशित समय ११:२९ बजे

















