गृहपृष्ठ सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो : सभापति देउवा
सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो : सभापति देउवा
प्रधानमन्त्रीले खण्डन गर्नुपर्छ
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप ललाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका हुन् ।
देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिड्नेसँग सम्झौता गरेर सरकारले राष्ट्रघाती काम गरेको उनको भनाइ छ । ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सैहृय हुँदैन । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैना अब सशक्त आन्दोलन गर्छौं’ सभापति देउवाले भने ।
सिके राउतसँग सम्झौता गर्दा समेत सरकारले आफुहरुसँग छलफल नगरेको देउवाले बताए ।यस विषयमा प्रधानमन्त्रीले खण्डन गर्नुपर्ने उनको भनाइ छ ।
सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब कांगेस सत्तापक्षको विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । सरकारले संघीयतालाई कमजोर बनाएको समेत उनको आरोप थियो ।
प्रकाशित समय ११:२८ बजे
















