गृहपृष्ठ विखण्डनकारी गतिविधिलाई सरकारले प्रश्रय दियो : कमल थापा
विखण्डनकारी गतिविधिलाई सरकारले प्रश्रय दियो : कमल थापा
राप्रपाका अध्यक्ष कमल थापाले विखण्डनकारी गतिविधिलाई सरकारले नै प्रश्रय दिएको आरोप लगाएका छन् । राष्ट्रिय स्वाभिमान यात्राको क्रममा बुटवलमा पत्रकारसँग अध्यक्ष थापाले सो आरोप लगाएका हुन् । सरकारले सिके राउतसँग गरेको सम्झौता रहस्यमय रहेको बताए ।
‘ ११ बुँदे सम्झौता विरोधाभासपूर्ण, अमूर्त र रहस्यमय छ । विखण्डनकारी गतिविधिलाई राउतले यथावत राखेकाले कारबाही गर्नुपर्छ’ अध्यक्ष थापाले भने । जनकपूरमा सिके राउत समर्थकले गरेको प्रदर्शन आपत्तिजनक भएको थापाले बताए ।
उनले भारतमा तत्कालीन माओवादी र सात दलकाबीचमा भएको सम्झौता पश्चात नेपालमा बाह्य शक्तिको चलखेल बढ्दै गएको आरोप लगाए । उनले अहिले राप्रपाको अभियानमा पूर्वराजा ज्ञानेन्द्रको साथ नरहेको बताए । तर, उनले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दा राप्रपाले नछोड्ने स्पष्ट पारे ।
प्रकाशित समय ११:४८ बजे

















