गृहपृष्ठ सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो : सभापति देउवा

सरकारले सिके राउतसँग राष्ट्रघाती सम्झौता गर्यो : सभापति देउवा

प्रधानमन्त्रीले खण्डन गर्नुपर्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सिके राउतसँग सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप ललाएका छन् । नेपाल प्रेस युनियन कास्कीले पोखरामा मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले राउतलाई राजनीतिको मूलधारमा ल्याउने नाउँमा सरकारले राष्ट्रघाती सम्झौता गरेको आरोप लगाएका हुन् ।

देश टुक्र्याउने गतिविधिसहित जनमत संग्रह माग्दै हिड्नेसँग सम्झौता गरेर सरकारले राष्ट्रघाती काम गरेको उनको भनाइ छ । ‘नेपालको कुनै पनि भूभागलाई टुक्राउने कुरा सैहृय हुँदैन  । सिकेसँगको सम्झौतालाई राष्ट्रघाती कामका रुपमा लिएका छौं । देशलाई टुक्राउने कुरा हामी मान्दैना अब सशक्त आन्दोलन गर्छौं’ सभापति देउवाले भने ।

सिके राउतसँग सम्झौता गर्दा समेत सरकारले आफुहरुसँग छलफल नगरेको देउवाले बताए ।यस विषयमा प्रधानमन्त्रीले खण्डन गर्नुपर्ने उनको भनाइ छ ।

सरकारले एक बर्षमा देखाउन लायक एउटा पनि काम नगरेको आरोप लगाउदै सभापति देउवाले अब कांगेस सत्तापक्षको विरुद्ध आन्दोलन गर्ने चेतावनी दिए । सरकारले संघीयतालाई कमजोर बनाएको समेत उनको आरोप थियो ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु