गृहपृष्ठ गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

गृहमन्त्री थापा अष्ट्रिया प्रस्थान

rambahadur-thapa

गृहमन्त्री रामबहादुर थापा ६ दिने भ्रमणका लागि मंगलबार अष्ट्रिया प्रस्थान गरेका छन् ।

मन्त्री थापा अष्ट्रियाको भियानामा हुने संयुक्त राष्ट्रसंघीय लागु औषध तथा अपराध नियन्त्रण कार्यालय (यूएनओडीसी)को ६२औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुँदै पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अष्ट्रिया प्रस्थान गरेका हुन् ।

यो बैठकले संयुक्त राष्ट्रसंघको लागु औषध नियन्त्रणसम्बन्धी सन्धि र अभिसन्धिको कार्यान्वयनको अवस्था र आउँदा दिनको विश्वव्यापी नीति र मार्गनिर्देशन तय गर्नेछ । बैठकमा गृहमन्त्री थापाले नेपालको लागु औषध नियन्त्रणका क्षेत्रमा गरेका काम कारवाहीका बारेमा जानकारी गराउने उनका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए ।

यस्तै गृहमन्त्री थापाले यूएनओडीसीका प्रमुख र विभिन्न देशका मन्त्रीसँग छलफल गर्ने कार्यक्रमसमेत रहेको छ । मन्त्री थापा अगामी चैत ३ गते स्वदेश फर्किनेछन् ।

प्रकाशित समय ०६:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु