गृहपृष्ठ ‘विप्लव’ समूहलाई लगाएकाे प्रतिबन्धप्रति नेकपाका नेता नै विभाजित
‘विप्लव’ समूहलाई लगाएकाे प्रतिबन्धप्रति नेकपाका नेता नै विभाजित
प्रतिबन्ध लगाउने निर्णय अपरिपक्व : माधव नेपाल
‘विप्लव’ समूहलाई प्रतिबन्ध लगाउने सरकारको निर्णप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र नै असन्तुष्टि देखिएको छ । मंगलबार सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयप्रति नेकपाकै नेताहरुले असन्तुष्टि जनाएका हुन् ।
पार्टी भित्र छलफल नै नगरि सरकारले प्रतिबन्ध लगाएको भन्दै नेकपाका नेता असन्तुष्ट देखिएका हुन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले विप्लव समूहलाई प्रतिबन्ध लगाउनु उचित नभएको प्रतिक्रिया दिए ।
बुधबार संसद भवन नयाँ वानेश्वरमा पत्रकारसँग नेता नेपालले विप्लव समूहलाई प्रतिबन्ध लागाउनु उचित नभएको प्रतिक्रिया दिएका हुन् । उनले भने, ‘यस्तो गम्भीर विषयमा पार्टीमा छलफल हुनुपर्ने हो, तर छलफल नै नगरि प्रतिबन्ध गर्नु उचित भएन ।’
नेता नेपालले सरकारको कार्यशैलीप्रति प्रश्न समेत गरे । ‘सरकारले सबैसँग छलफल गरेर निर्णय गर्नुपर्ने हो तर अपरिपक्व ढंगले निर्णय गरेको देखियो’ नेता नेपालले भने । नेकपाका अन्य नेताले पनि सरकारको निर्णयको विरोध गरेका छन् ।
प्रकाशित समय १६:४२ बजे
















