गृहपृष्ठ विराटनगरमा यसपालीको होली ईन्दिरा जोशीसँग
विराटनगरमा यसपालीको होली ईन्दिरा जोशीसँग
चिर्चित गायिका ईन्दिरा जोशीले यस वर्षको होली विराटनगरमा खेल्ने भएकी छन् । गायन र प्रस्तुतिका कारण चर्चित बनेकी जोशी आगामी चैत्र ६ गते होली कार्यक्रममा सहभागि हुन विराटनगर आउने पकका भएको छ ।
होलीमा उनका साथमा गायिका साहिमा श्रेष्ठ समेत विराटनगर आउने छिन् । विराटनगरमा रहेको मञ्जिना मुभिज क्रियसनको आयोजना तथा भाईरल डान्स स्टुडियोको संयोजनमा आयोजित होली हंगामा २०७५ सांगितिक कार्यक्रममा उनीहरु सहभागी हुदैछन् ।
विराटनगरस्थित नमस्कार होटलमा आयोजना हुने कार्यक्रममा स्थानीय शुभम व्याण्डको पनि प्रस्तुति रहने क्रियसनका प्रबन्ध निर्देशक जतिन ताम्राकरले जानकारी दिए । कार्यक्रममा सहभागिताका लागि आयोजकले ५ सय रुपैयाको प्रवेश शुल्क तोकेको छ भने टिकटको साथमा एक शेर्पा क्यान वियर उपलब्ध गराउने छ ।
मञ्जिना मुभिज क्रियसनले यसअघि मिस नेवा, फुड फेस्टा लगायतका कार्यक्रम सफल रुपमा सम्पन्न गरिसकेको छ ।
प्रकाशित समय १६:१२ बजे
















