गृहपृष्ठ लालबाबु पण्डितको प्रष्टिकरण- ११ बुँदे सहमति मुलुकको हितमा
लालबाबु पण्डितको प्रष्टिकरण- ११ बुँदे सहमति मुलुकको हितमा
‘विप्लवसँगको वार्ताको ढोका बन्द गरिएको छैन’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले पृथकतावादी अभियान चलाइरहेका डा. सिके (चन्द्रकान्ता) राउतसँग सरकारले गरेको ११ बुँदे सहमति मुलुकको हितमा भएको दावी गरेका छन् ।
बिहीबार जनकपुरमा पेस चौतारी र प्रेस सेन्टर नेपालले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्री पण्डितले ११ बुँदे सहमति मधेस र देशको हितमा भएको दावी गरेका हुन् ।
राउतसँग भएको सहमतिपश्चात मधेसमा अब कुनै किसिमको राष्ट्र विखण्डनको मुद्दा नलाग्नेमा ढुक्क हुन आग्रह गरे । मुलुकमा संविधानविपरितका गतिविधि अन्त्य हुने दावी गर्दै उनले समृद्धि र विकासतर्फ अग्रसर भएको उल्लेख गरे ।
‘११ बुँदे सहमतिपछि मधेसमा अब राष्ट्रिय विखण्डन, अखण्डतामा आँच आउने तथा संविधानविपरीत मुद्दाको अन्त्य भएको छ,’ प्रेस चौतारी र प्रेस सेन्टरले बिहीबार संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा मन्त्रि पण्डितले भने, ‘देश समृद्धि तथा विकासतर्फ अग्रसर हुनेछ ।’
मन्त्री पण्डितले विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धको बचाउ गरे । विप्लव समूहसँग वार्ताको ढोका खुला राखेको जानकरी दिँदै मन्त्री पण्डितले अराजक गतिविधि भने सैह्य नहुने उल्लेख गरे । विप्लव समूहलाई हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण वार्तामा आउन आग्रह गरे ।
प्रकाशित समय १४:३७ बजे
















