गृहपृष्ठ राष्ट्र बैंकले १८ ड्रम सिक्का बाँड्ने
राष्ट्र बैंकले १८ ड्रम सिक्का बाँड्ने
भूकम्पपछिको पुनर्निर्माणका क्रममा घाँडो भएपछि नेपाल राष्ट्र बैंकले १८ ड्रम सिक्का बैंक तथा वित्तीय संस्थाहरूलाई बाँड्ने तयारी गरेको छ । सुन्धारास्थित टक्सार विभागमा रहेको सिक्काको व्यवस्थापनका लागि राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई १ रुपैयाँ दरका ८ ड्रम ( ६ लाख रुपैयाँ) र २ रुपैयाँ दरको १० ड्रम (१२ लाख रुपैयाँ)बराबरको सिक्का उपलब्ध गराउन लागेको हो ।
“राष्ट्रिय महत्वको ऐतिहासिक धरोहर धरहरा पुनर्निर्माणको कार्यमा नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भइरहेको परिप्रेक्षमा उक्त कार्यलाई सहजीकरण गर्नुपरेको हुँदा हाल सुन्धारास्थित टक्सार महाशाखाबाट काठमाडौं उपत्यकाभित्र सिक्काको आपूर्ति व्यवस्थापन उपयुक्त ढंगले गर्नुपर्ने देखिन्छ,” राष्ट्र बैंकको सूचनामा भनिएको छ– यसै सिलसिलामा सिक्काको माग बमोजिम आपूर्ति गर्ने कार्य प्रभावित हुन नदिन इजाजतपत्र प्राप्त बैंकहरूलाई सिक्का उपलब्ध गराइ ती बैंकका काठमाडौं उपत्यकाभित्र रहेका शाखामार्फत सर्वसाधारणलाई सिक्का बिक्री गर्ने व्यवस्था गर्ने निर्णय भएको छ ।”
राष्ट्र बैंकले २८ वटै वाणिज्य बैंकहरूलाई तोकिएको मितिमा सिक्का लिएर सर्वसाधारणलाई बाँड्न निर्देशन दिएको छ । स्मरणीय छ, भूकम्पका कारण टक्सार विभागसमेत भत्किएको थियो भने नयाँ बन्ने धरहराका लागि टक्सार विभागसमेत भत्काउने योजना छ ।
प्रकाशित समय १७:३३ बजे

















