गृहपृष्ठ प्रधानमन्त्रीले भने– गगनको दिमागमा पनि विरोधमात्रै रहेछ !
प्रधानमन्त्रीले भने– गगनको दिमागमा पनि विरोधमात्रै रहेछ !
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस नेता गगन थापाको दिमागमा विरोधमात्र भरिएको बताएका छन् । नेता थापाले सोमबार व्यवस्थापिका संसदमा अरूलाई लम्पसारवादी भन्ने केपी ओली आफैँ भारतीय प्रधानमन्त्रीसामु लम्पसार परेको भन्दै कटाक्ष गरेका थिए । मंगलबार युवा संघको २८औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा ओलीले थापालाई भने, ‘युवा छन्, केही गर्लान् भनेको दिमागमा त विरोधमात्रै रहेछ !’
संसद बैठकमा नेता थापाले प्रधानमन्त्रीको धेरै लम्पसार पर्दा घुँडामा प्वाल परेको छैन ? भन्दै प्रधानमन्त्रीको राष्ट्रियतामाथि प्रश्न उठाएका थिए । ‘यो सरकार विगतका सरकारजस्तो निरीह छैन,’ प्रधानमन्त्रीले भने, ‘संविधान संशोधन गर्न सकिनँ माफ पाउँ भनेको छु र घुँडामा भ्वाङ पर्न ?’
उनले एमाले भारतविरुद्ध उफ्रिइरहोस् र त्यसको फाइदा आफूमात्रै लिइराख्न पाउँ भन्नेलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले टाउको दुःखेको बताए । नेपालको हित विरुद्ध एक शब्द पनि कतै लेखेको, बोलेको भेट्टाए प्रमाण ल्याउनसमेत प्रधानमन्त्रीले चुनौती दिए ।
प्रकाशित समय १८:०१ बजे
















