गृहपृष्ठ सिटी एक्सप्रेसको १६७ प्रतिशत हकप्रद सेयर पारित
सिटी एक्सप्रेसको १६७ प्रतिशत हकप्रद सेयर पारित
काठमाडौं- सिटी एक्सप्रेस फाइनान्सको १६७ प्रतिशत हकप्रद सेयर पारित भएको छ । हालै सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको १:१.६७ दरले हकप्रद जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १५ करोड रुपैयाँ रहेको छ । १६५ प्रतिशत हकप्रद निष्कासनपश्चात् कम्पनीको चुक्ता पुँजी ३९ करोड रुपैयाँ पुग्नेछ । नेपाल राष्ट्र बैंकले तोकेको समयसीमाभित्र चुक्ता पुँजी ८० करोड पुर्याउन हकप्रद सेयर निष्काशन गर्न लागिएको अध्यक्ष चन्द्र टण्डनले जानकारी गराए । साथै, साधारणसभाले संस्थापक समूहको तर्फबाट दुई जना सञ्चालक अजेश कोइराला र ऋषिराम पौडेललार्इ निर्वाचित गरेको छ ।
प्रकाशित समय १८:२४ बजे

















