गृहपृष्ठ विश्वका अग्ला हिमाल ७ महिनामै आरोहण सक्ने लक्ष

विश्वका अग्ला हिमाल ७ महिनामै आरोहण सक्ने लक्ष

आरोहीलाई हामा आइरन र प्रिमियर इन्स्योरेन्सको साथ

विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमालहरु ७ महिनाभित्र आरोहण गरेर विश्व कीर्तिमान कायम गर्ने लक्ष लिएका निर्मल पूर्जालाई हामा आईरन एण्ड स्टील र प्रिमियर इन्स्योरेन्सले सघाउने भएका छन् ।

भिजिट नेपाल २०१० को नारालाई बिश्वब्यापी रुपमा विभिन्न माध्यमबाट प्रचारप्रसार गर्न यस अभियानलाई हामा आईरन एण्ड स्टीलका प्रबन्ध निर्देशक राजनकृष्ण श्रेष्ठको प्रयासमा पूर्जालाई सघाउन लागिएको हो । १४/७ प्रोजेक्ट पोसिवल नाम दिइएको यस मिसनमा पूर्जाले यसअघि पोलिस पर्वतारोहीले राखेको ७ वर्ष ११ महिना १४ दिनको रेकर्ड तोड्ने प्रयास गर्नेछन् । चितवनमा जन्मिएका पूर्जा सन् २००३ मा ब्रिट्शि गोर्खा ब्रिगेडमा नियुक्त भएका थिए । उनी अहिले ‘ब्रिटिश स्पेशल बोट सर्भिस’ को बिशेष अङ्गका रुपमा कार्यरत छन् ।

उनले सन् २०१२ देखि पर्वतारोहणको अनुभव सँगाल्दै आएका छन् । यसअघि पूर्जाले सबैभन्दा कम समयमा एभरेष्टदेखि ल्होत्से हिमाल १० घण्टा १५ मिनेटमा आरोहण गरी पुरानो २० घण्टाको कीर्तिमानलाई भङ्ग गरेका थिए । त्यस्तै कम समयमा एभरेष्ट, ल्होत्से र मकालु ५ दिनमा चढेर उनले अर्को कीर्तिमान उनकै नाममा छ । उनले समिट एभरेष्ट दुई पटक, ल्होत्से एक पटक र मकालु एक पटक एउटै सिजनमा १७ दिनमा आरोहण गरिसकेका छन् ।

प्रकाशित समय १७:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु