गृहपृष्ठ एलजीका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा
एलजीका विभिन्न मोडेल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा

एलजीले विभिन्न मोडल र क्षमताका वासर ड्रायर वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । कम्पनीले ८ देखि १८ किलोसम्मको लुगा धुने क्षमता साथै ५ देखि १० किलोसम्मको लुगा शतप्रतिशत केही समयमै सुकाउने सुविधासहितका मेसिन बजारमा ल्याएको हो ।
यो वासिङ मेसिनको प्रयोगले भिजेका कपडाबाट हुने झन्झट जस्तै सुकाउने समस्या दुर्गन्ध आउने, एलर्जी हुने, कपडा खराब हुने समस्याहरुबाट मुक्त पाउन सकिने कम्पनीले जनाएको छ । साथै, एलजी वासर ड्रायरको प्रयोगले सफा र चिटिक्क परेका लुगाहरु सिधै मेसिनबाट निकालेर लगाउन सकिन्छ।
प्रकाशित समय ०७:२५ बजे