गृहपृष्ठ नविकेको हकप्रद लिलामीमा उपत्यकाबाहिरबाट पनि आवेदन दिन सकिने

नविकेको हकप्रद लिलामीमा उपत्यकाबाहिरबाट पनि आवेदन दिन सकिने

dhitopatra-board-newskarobar

लगानीकर्ताले हकप्रद निस्कासन गर्दा विक्री नभएको सेयर लिलामीमा उपत्यका वाहिरका स्थानहरुवाट समेत आवेदन दिन सक्ने भएका छन् ।
धितोपत्र बोर्डले धितोपत्रको हकप्रद निष्काशन प्रक्रियालाई थप सहज, समावेशी तथा लगानीमैत्री वनाउन हकप्रद निष्काशन पश्चात विक्री नभएको सेयरको लिलाम प्रक्रियामा देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय स्थानहरुबाट समेत आवेदन दिन पाउने ब्यवस्था ष्गर्न मर्चेन्ट वैकरहरुलाई परिपत्र गरेको छ ।

कहाँकहाँबाट दिन सकिन्छ आवेदन ?
प्रदेश नं १ः विराटनगर र विर्तामोड
प्रदेश नं २ः विरगंज र जनकपुर
प्रदेश नं ३ः हेटौंडा र नारायणगढ
गण्डकी प्रदेशः पोखरा र वाग्लुङ
प्रदेश नं ५ः वुटवल, घोराही र नेपालगञ्ज
कर्णाली प्रदेशः सुर्खेत
सुदुरपश्चिम प्रदेशः धनगढी र महेन्द्रनगर
यस्तो व्यवस्थावाट धितोपत्रको हकप्रद निष्काशन पश्चात विक्री नभएको हकप्रद सेयर लिलाम प्रक्रियामा लगानीकर्ताले सहज तथा सरल ढंगले आवेदन दिन सक्ने छन् । यसले धितोपत्र वजारको क्षेत्र अझ विस्तार भइ देशव्यापी हुने वोर्डले अपेक्षा गरेको छ ।

प्रकाशित समय १९:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु