गृहपृष्ठ महिला साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेता
महिला साफ च्याम्पियनसिपको उपाधि भारतलाई, नेपाल उपविजेता
नेपाललाई ३–१ गोल अन्तरले हराउँदै भारतले साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा नेपाललाई हराउँदै भारतले लगातार पाँचौं उपाधि जितेको हो । यसअघि भएका चारवटै संस्करणमा भारत च्याम्पियन बनेको थियो । नेपालको उपाधि अभियानमा भारत सँधै बाधक बन्दै आएको छ ।
सुरुदेखि आक्रामक खेलेको नेपालले गोल गर्ने अवसर भने जुटाउन सकेन । खेलमा भारतले पहिलो अग्रता लियो । खेलको २६ औं मिनेटमा हिराकुमारी भुजलेले फल गरेपछि पाएको फ्रि किकलाई डालीमा छिब्बरले उत्कृष्ट गोल गरेकी थिइन् । एक गोलले पछि परेको ६ मिनेट पछि नेपाल खेलमा फर्किएको थियो ।
प्रत्येक खेलमा गोल गरेकी सावित्रा भण्डारीले भारतविरुद्ध ३२ औं मिनेटमा हेडर गोल गर्दै नेपाललाई बराबरीमा लान सफल भइन् । त्यसपछि ६२औं मिनेटमा सन्ध्या रंगनाथनको पासमा ग्रेस दाङमेईले र ७८ औं मिनेटमा अर्को गोल गर्दै भारतले नेपालमाथि जित निकालेको हो ।
प्रकाशित समय १६:५५ बजे

















