गृहपृष्ठ प्रभु बैंकका २ नयाँ शाखा संचालनमा
प्रभु बैंकका २ नयाँ शाखा संचालनमा
काठमाडौं–प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा संखुवासभाको खाँदवारी र उदयपुरको गाईघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । खाँदवारी शाखा कार्यालयको खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले उद्घाटन गरे । त्यसैगरी गाईघाट शाखाको प्रदेश सभासद हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।
ती नयाँ शाखाबाट स्थानीय तहका सेवाग्राही, सर्वसाधारण, व्यवसायी, व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने छन् ।
प्रकाशित समय १८:४२ बजे

















