गृहपृष्ठ अमेरिकाबाट फर्के नेकपा अध्यक्ष दाहाल, भनेः अमेरिकाले सहयोग गर्यो
अमेरिकाबाट फर्के नेकपा अध्यक्ष दाहाल, भनेः अमेरिकाले सहयोग गर्यो
न्युज काराेबार
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल अमेरिकाबाट फर्केका छन् । उनले अमेरिकामा रहेका नेपालीले देखाएको ब्यवहारप्रति असन्तुष्टी प्रकट गरेका छन् । उनले आफ्नो विरोध गर्ने नेपालीलाई नेपालमै आएर चुनाव लड्न चुनौती दिए । उनले भने, जनताको मन जितेर मन्त्री, प्रधानमन्त्री बन्नुस् । मेरो शुभकामना छ ।
नेकपा अध्यक्ष प्रचण्ड पत्नी सीतको उपचारमा अमेरिका गएका बेला त्यहाँ रहेका तीलक श्रेष्ठले उनीविरुद्ध मेरिल्याण्डको एफबीआईमा उजुरी परेको खबर आएपछि अमेरिका छिर्नासाथ नेपाली राजदूतलगायत राजदूतावासका पदाधिकारीले एयरपोर्टबाट कसैले थाहा नपाउने गरी बाहिर लैजाने तयारी गरेका थिए । अमेरिकामा समेत यसले समाजिक संजालमा पक्ष विपक्षमा नेपालीलाई विभाजित गरेको थियो । अमेरिकाले भने नेकपा अध्यक्ष दाहालविरुद्द कुनै छानविन नगर्न मातहतका निकायलाई सर्कुलर जारी गरेको थियो ।
त्यस्तो भए पनि प्रचण्डको टोली सीताको उपचार अबधिभर नेपाली दूताबासको गेस्ट हाउसमै बसेको थियो ।
नेकपा अध्यक्ष दाहालले अमेरिकामा रहेका केही नेपालीको दृष्टिकोण नकारात्मक रहेको पाएको बताए । नेपालबाट राष्ट्रपति, प्रधानमन्त्री, दलका नेता जाँदा नकारात्मक दृष्टिकोणले हेर्दा रहेछन्, उनले भने, उनीहरुको बदनाम गर्न पाउँदा खुसी हुने प्रवृत्ति रहेछ ।’
अध्यक्ष दाहाले भने अमेरिकामा कुनै असहज अबस्थाको महसुस गर्नु नपरेको बताए । आफूले भ्रमणका क्रममा अमेरिकामा बसेका धेरै नेपालीलाई भेटेको जानकारी दिँदै त्यहाँ पार्टीको बैठकमा समेत आफू सहभागी भएको उनले बताए । उनले अमेरिकाका प्रदेशसभा सांसद हृयारी भण्डारीको सहयोगमा मेरिल्याण्डको संसद भवन (सिनेट) को भ्रमण गरेका थिए ।
उनले त्यहाँ नेपालका लागि पूर्वअमेरिकी राजदूत स्कट एच डेलिसीसँग पनि भेटेका थिए । डेलेसीले शान्ति सम्झौतामा नेपाली नेतृत्वको प्रशंसा गरेको प्रचण्डले सुनाए । भ्रमणकै क्रममा अध्यक्ष दाहालले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक मन्त्री एलिस जी वेल्सलाई समेत भेटेका थिए । उनले आफ्नो भ्रमणमा अमेरिका सरकारले सहयोग गरेको बताए ।
प्रकाशित समय २१:१२ बजे
















