गृहपृष्ठ प्रदेश १ मा संसदीय समितिको सभापति चयन २२ गते
प्रदेश १ मा संसदीय समितिको सभापति चयन २२ गते
प्रदेशसभा १ को बिषयगत समितिका सभापति चयन गर्न मतदान हुने भएको छ । शुक्रबार बसेको प्रदेशसभा बैठकले सभापति चयन गर्न चैत २२ गतेको मिति तोकेको छ ।
प्रदेशसभा सचिवालयले शुक्रबार चुनावको कार्यतालिका सार्वजनिक गरेको छ । प्रदेशसभाका सात समितिमध्ये प्रमुख प्रतिपक्ष दलले एउटा समितिको नेतृत्व पाउन बाँकी छ ।
अरु समितिको नेतृत्व नेकपाकै सांसदले गर्नेछन् । संसदीय समितिको नेतृत्वका विषयमा पनि नेकपाभित्र सहमति जुटेको छ । हालसम्म सभापति चयन हुन नसक्दा मिनि संसद मानिने संसदीय समितिको बैठकमा ज्येष्ठ सदस्यले अध्यक्षता गर्दै आएका थिए ।
विषयगत समितिका सदस्य केही हेरफेर गरिएको छ । सार्वजनिक लेखा समितिमा आशारत्न जबेगुको स्थानमा ओमप्रकाश सरावगी परेका छन् । त्यसैगरी तुलसीप्रसाद न्यौपानेको स्थानमा लोकप्रसाद संग्रौलालाई राखिएको छ । सरिता थापाको स्थानमा अम्बिका थापालाई राखिएको छ ।
लेखा समितिको अन्य सदस्यहरुमा कुलप्रसाद साम्बा, कुसुमकुमारी श्रेष्ठ, बसन्तकुमार बानियाँ, शिवनारायण गनगाई, सन्जाकुमारी दनुवार र होमकुमारी सावाँ रहेका छन् ।
अर्थ समितिमा पनि केही सांसदको नाम फेरिएको छ । जसमा अर्जुन राईको स्थानमा मोहनकुमार खड्का आएका छन् । ओमप्रकाश सरावगीको स्थानमा चुमनारायण तवदारलाई राखिएको छ । बाँकी सदस्यहरुमा एकराज कार्की, जसमाया गजमेर, पदमकमारी गुरुङ, पूर्णप्रसाद राजवंशी, प्रतापप्रकाश हाङगाम, यसोदा अधिकारी, राजन राई, रामकुमार राई, लिला सुब्बा रहेका छन् ।
सामाजिक विकास समितिमा अम्बिका थापा स्थानमा सरिता थापा र सीता थेवेको स्थानमा कला घलेको नाम हेरफेर गरिएको छ । समितिका अन्य सदस्यहरुमा अगमलाल चौधरी, कल्पनाकुमारी सरदार, कृष्णकुमारी राई, केदार कार्की, गणेशकुमार काम्बाङ, झलकबहादुर मगर, निरन राई, राजेन्द्रकुमार राई, रामचन्द्र लिम्बु, लछुमन तिवारी, सावित्राकुमारी रेग्मी रहेका छन् ।
न्याय प्रशासन तथा विधायन समितिबाट चुमनारायण तबदारको नाम हटाइएको छ । सुशासन तथा योजना समितिमा पूर्णप्रसाद राईको स्थानमा अर्जुन राईलाई ल्याइएको छ ।
उद्योग, पर्यटन तथा वातावरण समितिमा काला घलेको स्थानमा सीता थेवे र मोहमद ताहिर मियाको स्थानमा नवोदिता चौधरीलाई राखिएको छ । प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा नवोदिता चौधरीको नाम हटाइएको छ । मोहनकुमार खड्काको स्थानमा पूर्णप्रसाद राईलाई ल्याइएको छ । लोकप्रसाद संग्रौलाको स्थानमा महमद ताहिर मियालाई ल्याइएको छ ।
प्रकाशित समय १९:१६ बजे
















