गृहपृष्ठ सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा

सिद्धार्थ बैंकको दुर्इ लाख कित्ता हकप्रद लिलामीमा

काठमाडौं– सिद्धार्थ बैंकले बिक्री नभएको हकप्रद सेयर बिहीबारदेखि लिलामी गर्ने भएको छ । बैंकको संस्थापक र सर्वसाधारण समूहको गरी २ लाख १४ हजार ३३६ कित्ता हकप्रद सेयर बिक्री खुला गरिएको छ । शिलबन्दी बोलपत्र पेस गर्ने अन्तिम दिन जेठ १० गतेलाई तोकिएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । बैंकले संस्थापक र सवर्साधारण समूहका तर्फबाट दुर्इ लाख १४ हजार ३३६ कित्ता सेयर लिलाम गर्न लागेको हो । गत फागुन २ देखि वैशाख ६ गतेसम्म निष्कासन गर्दा आवेदन नपरेपछि बिक्री प्रबन्धक सिद्धार्थले लिलामी गर्न लागेको हो । हकप्रदको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित समय १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु