गृहपृष्ठ १० बजेदेखि ५ बजेसम्म फेसबुक बन्द गर्न माग
१० बजेदेखि ५ बजेसम्म फेसबुक बन्द गर्न माग
काठमाडौं– सरकारी कर्मचारी फेसबुक, ट्विटरलगायतका सामाजिक सञ्जालमा मस्त रहँदा सेवाग्राहीको काम-कारबाही प्रभावित भएकोतर्फ सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको संसद बैठकमा सांसद झपट रावलले सामाजिक सञ्जालमा सरकारी कर्मचारी बढी व्यस्त हुने गरेको भन्दै असन्तुष्टि जनाए । ‘सेवाग्राही पुग्दा कर्मचारीहरू फेसबुक चलाएर बस्ने गरेको पाइएको छ,’ उनले भने, ‘कर्मचारी कम्प्युटरमा व्यस्त रहने तर कामचाहिँ फेसबुक चलाउने भएको छ ।’ उनले सरकारी कार्यालयमा १० बजेदेखि ५ बजेसम्म सामाजिक सञ्जाल बन्द गर्न माग गरे ।
प्रकाशित समय १५:५१ बजे

















