गृहपृष्ठ नेपाल बंगलादेश बैंकको ८६औं शाखा दमकमा

नेपाल बंगलादेश बैंकको ८६औं शाखा दमकमा

nepal-bangladesh-bank-newskarobar

नेपाल बंगलादेश बैंकले झापाको दमकमा ८६औं शाखा स्थापना गरेको छ । शाखाको दमक नगरपालिकाकी उपप्रमुख तथा गीता अधिकारी र बैंकका सञ्चालक मुकुन्दनाथ ढुंगेलले उद्घाटन गरेका छन् । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले प्रदान गरिरहेको सेवाबारे जानकारी गराएका थिए ।

दमक शाखाबाट सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा र रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । दमक शाखासहित देशभर नेपाल बंगलादेश बैंकका ८६ शाखा, ७ एक्सटेन्सन काउन्टर र २ शाखारहित घरदैलो बैंकिङ सेवा उपलब्ध छ ।

प्रकाशित समय १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु