गृहपृष्ठ एनसीसी बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य उपचारमा सुविधा

एनसीसी बैंकका कर्मचारी र ग्राहकलाई स्वास्थ्य उपचारमा सुविधा

नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसीसी) र स्टार हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राहकलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एन्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र स्टार हस्पिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डा.सन्देश जिसीले हस्ताक्षर गरे । सम्झौताअनुसार, अब नेपाल क्रेडिट एन्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकले स्टार हस्पिटलका सेवामा विशेष छुट पाउनेछन् ।

बैंकका ग्राहकmले उक्त छुट, बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउने जनाइएको छ । बैंकले आफ्ना १२२ वटा शाखाबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको देशभर ७४ वटा एटीएमहरु सञ्चालनमा छन् ।

प्रकाशित समय १४:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु