गृहपृष्ठ विद्यार्थी नेता महरले भने- कांग्रेस नसुध्रिने रहेछ

विद्यार्थी नेता महरले भने- कांग्रेस नसुध्रिने रहेछ

nain singh magar-newskarobar

नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष नैनसिंह महरले मातृपार्टी नेपाली कांग्रेस सुध्रिने सम्भावना नभएको बताएका छन् । ‘केन्द्रीय समिति बैठकमा नेविसंघका विषयमा केही निर्णय हुने सम्भावना देखेर समग्र संगठनमा राम्रो होला कि भन्दै राम्रोका लागि राजीनामा गरेँ,’ बुटवलमा नेपाल प्रेस युनियनसँगको भेटका क्रममा उनले भने, ‘तर कांग्रेसमा राम्रो हुने सम्भावना रहेनछ ।’

कांग्रेसको परम्परागत झगडाले नेपाल विद्यार्थी संघसमेत समस्यामा परेको उनको भनाइ छ । बुटवलमा नेपाल प्रेस युनियनसँगको भेटघाटमा कांग्रेसको परम्परागत झगडाकै कारण आफू राजीनामा गर्न बाध्य हुनुपरेको उनले बताए । ‘व्यक्ति शक्तिशाली हुने प्रवृत्तिले पार्टीमा गुटहरु हावी हुँदै गएको र त्यसैका कारण पार्टी कमजोर भएको छ,’ महरले भने, ‘सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले एक भयौं भनेर हात उठाउँदैमा गुट अन्त्य हुँदैन ।’

दुई पार्टी एक भएको लामो समय बितिसक्दा पनि विचार एक हुन नसकेको उनको विश्लेषण छ । पार्टीमा एकरुपता ल्याउन प्रतिबद्धतामात्रै नभएर मनदेखि नै एक हुनुपर्ने महरको भनाइ छ ।

प्रकाशित समय १९:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु