गृहपृष्ठ कांग्रेस जिल्ला सभापति भेला आज सकिँदै

कांग्रेस जिल्ला सभापति भेला आज सकिँदै

congress-newskarobar

कांग्रेस काठमाडौं जिल्ला कार्य समितिले आयोजना गरेको असन्तुष्ट जिल्ला सभापतिको बैठक बिहीबार सकिँदै छ ।

पार्टीको आन्तरिक राजनीतिको समीक्षा, संस्थापन पक्षबीच प्रतिरोध र सरकारी कार्यशैलीको विरोधका रणनीति तय गर्ने विषयमा छलफल केन्द्रित छ । हासमितिमा दिएको सुझावविपरीत केन्द्रीय समितिले पार्टीको विधान पारित गरेपछि असन्तुष्ट कांग्रेस जिल्ला सभापतिले बुधबारदेखि काठमाडौमा भेला गरेका हुन् ।

महासमिति बैठकको सुझावविपरीत केन्द्रीय समितिले विधान पारित गरेपछि असन्तुष्ट जिल्ला सभापतिहरूको बैठकले विषेशगरी पार्टीको आन्तरिक जीवनको समीक्षा, संस्थापन पक्षप्रतिको प्रतिरोध र सरकारी कार्यशैलीको विरोधमा विभिन्न अभियान सञ्चालन गर्न रणनीति तय गर्ने बताइएको छ । पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा पनि रणनीति तय गरिने एक जिल्ला सभापतिले बताए ।

बैठकको औपचारिक धारणा बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने नुवाकोट सभापति जगदीश्वरनरसिंह केसीले जानकारी दिए । ५१ जिल्लाका जिल्ला सभापति सहभागी भएपनि देउवा निकट जिल्ला सभापति भने उपस्थित भएनन् ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु