गृहपृष्ठ मुक्तिनाथमा खाता खोल्दा मोबाइलमा १ सयको रिचार्ज
मुक्तिनाथमा खाता खोल्दा मोबाइलमा १ सयको रिचार्ज
मुक्तिनाथ विकास बैंकले सरकार र नेपाल राष्ट्र बैंकको ‘समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैंक खाता’ भन्ने नारासहित ‘खोलौँ बैंक खाता अभियान २०७६’ अभियानलाई सफल पार्न नयाँ बचत योजना ‘मेरो पहिलो बचत खाता’ सञ्चालन गरेको छ । २०७६ वैशाख १ गतेदेखि लागू भएको उक्त बचत खाता खोल्ने व्यक्तिलाई खाता खोल्नासाथ बैंकले एक सय रुपैयाँ नगद खातामा जम्मा गरिदिने र ग्राहकको एनटिसी वा एनसेल मोबाइल नम्बरमा १०० बराबरको रिचार्ज गरिदिनेछ ।
यस खातामा दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याजदरका साथै निःशुल्क आश्वा सेवा, निःशुल्क अन्तर शाखा कारोबार, निःशुल्क मोबाइल बैकिंङ सुविधा र देशैभर भिसा नेटवर्कअन्तर्गत रहेका करिब ३ हजार एटीएमबाट निःशुल्क रकम झिक्न मिल्ने सेवा उपलब्ध रहेको बैंकले जनाएको छ ।
प्रकाशित समय १९:२१ बजे

















