गृहपृष्ठ किम र पुटिनबीच रुसमा भेटवार्ता

किम र पुटिनबीच रुसमा भेटवार्ता

उत्तर कोरियाका नेता किम जोङ उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।

बिहीबार दुई नेताबीच रुसको बन्दरगाह शहर भ्लादिभोस्ताकनजिक रस्की द्वीपमा भेटवार्ता भएको हो । किम बुधबार ट्रेनबाट रुस पुगेका थिए ।

दुई नेताबीच कोरियाको प्रायद्वीपमा परमाणु समस्यामाथि छलफल भएको बताइएको छ । अमेरिकासँगको वार्ता असफल भएपछि किम रुस पुगेका हुन् ।

प्रकाशित समय १५:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु