गृहपृष्ठ सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति भण्डारी

सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारी चिनियाँ समकक्षी सी जिनपिङले आयोजना गरेको रात्रिभोजमा सरिक भएकी छन् ।

अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो ‘बेल्ट एण्ड रोड फोरम’ मा भाग लिन आएका अन्य देशका सरकार तथा राष्ट्र प्रमुखको सम्मानमा शुक्रबार साँझ चिनियाँ राष्ट्रपति सी ले रात्रिभोज आयोजना गरेका हुन् ।

रात्रिभोजमा ‘बीआरआई’ मा संलग्न देशका प्रमुख संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएको छ । नेपालको अन्नपूर्ण, माछापुच्छ्रे तथा पोखरा उपत्यका देखाइएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले जानकारी दिए ।

रात्रिभोजमा राष्ट्रपति भण्डारीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल र सचिव वैरागी पनि उपस्थिति थिए ।

प्रकाशित समय ०७:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु