गृहपृष्ठ सनराइज बैंकबाट युनियन लाइफको बिमा सेवा पाइने
सनराइज बैंकबाट युनियन लाइफको बिमा सेवा पाइने
सनराइज बैंक र युनियन लाइफ इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा सम्झौता भएको छ । सम्झौताअनुसार सनराइज बैंकले देशभरका १०५ वटै शाखाबाट युनियन लाइफ इन्स्योरेन्सको जीवन बिमा योजना बिक्री गर्न सक्नेछ ।
सनराइज बैंकको प्रधान कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
प्रकाशित समय २१:५० बजे

















