गृहपृष्ठ तनहुँमा तीन अर्ब ८४ करोड राजश्व संकलन
तनहुँमा तीन अर्ब ८४ करोड राजश्व संकलन
फाइल तस्बिर ।
आन्तरिक राजश्व कार्यालय तनहुँले चालू आर्थिक वर्ष २०७५र७६ को वैशाखसम्म तीन अर्ब ८४ करोड ८३ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
वैशाख मसान्तसम्म तीन अर्ब ६६ करोड ८८ लाख संकलन गर्ने लक्ष्य भए पनि क्ँर्इँल्इल्े लक्ष्यभन्दा बढी राजश्व संकलन गर्न सफल भएको हो । कार्यालयका सूचना अधिकारी मोहनरमण त्रिपाठीले लक्ष्यभन्दा १७ करोड ९५ लाख बढी राजश्व संकलन भएको जानकारी दिँदै वैशाख महिनामा मात्रै ६६ करोड रुपैयाँ राजश्व संकलन भएको बताए ।
उक्त कार्यालयले आर्थिक वर्ष २०७४–७५ मा ४८ करोड २४ लाख ५७ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो । गत आवसम्म करदाता सेवा कार्यालयको रुपमा रहेको कार्यालय यही वर्षबाट आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । कार्यालयले तनहुँसहित लमजुङ, गोरखा र मनाङका व्यवसायीलाई सेवा प्रवाह गर्दै आएको छ ।
कार्यालयका प्रमुख कर अधिकृत सूर्य सेढाईंले चारवटै जिल्लामा पुगेर कर सचेतनासम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । उनका अनुसार चालू आवमा मनाङको चामे, धारापानी, पिसाङ, तनहुँको भिमाद, खैरेनीटार र लमजुङ र गोरखाका विभिन्न स्थानमा कर सचेतना कार्यक्रम गरिएको थियो ।
उनका अनुसार समय–समयमा दर्ता अनुगमन गर्ने, दर्ता भएर कर नतिर्नेलाई नियमअनुसार कारवाही प्रक्रियामा ल्याउनेलगायतका कामलाई अगाडि बढाइएको र कर तिर्ने वातावरण सिर्जना गर्ने काम पनि भइरहेको छ ।
विसं २०६९ वैशाख ९ गते करदाता सेवा कार्यालयको रुपमा स्थापना भएको कार्यालय २०७५ असार २० गते आन्तरिक राजश्व कार्यालयको रुपमा स्तरोन्नति भएको थियो । चार जिल्लामा करिब ३० हजार करदाता करको दायरामा आएका छन् ।(रासस)
प्रकाशित समय १०:५५ बजे

















