गृहपृष्ठ मिडिया काउन्सील विधेयक पास हुन दिन्नौं : देउवा
मिडिया काउन्सील विधेयक पास हुन दिन्नौं : देउवा
नेपाली काग्रेसका सभापति शेरवहादुर देउवाले केपी शर्मा ओलीको नेतृत्वको सरकारले मुलुक र जनताको लागि सिन्को समेत भाँच्न नसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा शनिबार संचारकर्मीहरुसँगको कुराकानीमा सभापति देउवाले जनता र मुलुकको पक्षमा यो सरकारले केही नगरेको बताएका हुन् । ‘सरकार गठन भएको डेढ बर्षको समयमा यो सरकारले सिन्को समेत भाँच्न सकेको छैन’, देउवाले भने ‘सरकार मुलुक र जनताको पक्षमा परिवर्तन देखिने गरी काम गर्ने पक्षमा देखिदैन ।’
उनले हालैमात्र सरकारले ल्याएको मिडिया काउन्सील सम्बन्धी विधेयक कांग्रेसले कुनैपनि हालतमा सदनबाट पास गर्न नदिने समेत बताए । देउवाले नेपालको संविधानलै नैे प्रेस स्वतन्त्रतालाई सुरक्षित गरेको अवस्थामा वर्तमान सरकारले कानुन ल्याएर प्रेसलाई नियन्त्रण गर्न खोजेको बताए ।
पत्रकारको पेशा भनेकै जनतालाई सुसूचित गर्ने भएकाले जनताले नपत्याउने समाचार लेखेमा त्यस्ता पत्रकार आफै सिद्धिने उनको धारण थियो । पत्रकारले पनि जे पाए त्यहिँ नलेख्ने उनको भनाइ थियो । सभापति देउवाले समय आएपछि पार्टीको महाधिवेशन हुने बताए ।
प्रकाशित समय १३:०१ बजे
















