गृहपृष्ठ एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

एक अर्ब ४० करोड लगानीमा जलविद्युत् केन्द्र निर्माण हुने

काठमाडौं   चिनियाँ कम्पनी जोङदिङ इन्टरनेशनल इञ्जिनियरिङ कम्पनीले सिन्धुपाल्चोकमा निर्माण हुने भएकाे  याम्बालिङ जलविद्युत् केन्द्रमा  लगानी गर्ने भएको छ । ७ दशमलव २७ मेगावाट क्षमताको जलविद्युत् केन्द्र निर्माण हुन लागेको हो । आज पत्रकार सम्मेलन गदै  याम्बालिङ हाइड्रोपावर प्रालिले आगामी दुई वर्षभित्र याम्बालिङ जलविद्युत् आयोजना सम्पन्न हुने 

 एक अर्ब ४० करोड लगानीमा  सम्झौता भएकोप्रालिका अध्यक्ष कमानसिंह लामाले बताए शुरुमा ७ दशमलव २७ मेगावाट जलविद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि आगामी दिनमा ४० मेगावाट उत्पादन गर्ने गरी सम्झौता भएको हाे ।चालीस मेगावाट जलविद्युत् उत्पादनका लागि रु नौ अर्ब ४० करोड लाग्ने अध्यक्ष लामाले बताए।  याम्बालिङ हाइड्रोपावर प्रालिले मुलुकको आर्थिक विकास र समृद्धिको अभियानलाई सफल पार्न स–साना आयोजना निर्माण गरेरै भए पनि सरकारलाई साथ दिने लक्ष्य लिएको बताए ।जलविद्युत् उत्पादन भएको विद्युत् गृहबाट ३३ केबी प्रसारण लाइनमार्फत छ किलोमिटर टाढा रहेको नेपाल विद्युत् प्राधिकरणको प्रस्तावित सवस्टेशनमा लगेर जोड्ने योजना रहेको छ ।रासस

प्रकाशित समय २०:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु