गृहपृष्ठ प्रधानमन्त्री ओलीको युरोप भ्रमण तय
प्रधानमन्त्री ओलीको युरोप भ्रमण तय
फाइल तस्बिर
प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा जाने भएका छन् ।
ओली जेठ २५ गतेदेखि युरोप भ्रमणमा जाने भएका हुन् । प्रधानमन्त्रीले स्विटजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण गरी असार १ गते नेपाल फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री जेठ २५ गते स्विटजरल्याण्डको जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठनको साधारणसभमा सहभागी हुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए । जेठ २७ गते बेलायतमा अक्सफोर्ड विश्वविद्यालयमा संवोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री जेठ २९ गते फ्रान्स जाने र त्यहाँ उच्च स्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले जानकारी दिए ।
प्रकाशित समय १५:१६ बजे
















