गृहपृष्ठ बजेट र सरकारको व्यवहारमा तालमेल मिलेन : भीम रावल
बजेट र सरकारको व्यवहारमा तालमेल मिलेन : भीम रावल
फाइल तस्बिर
नेपाल कम्युनिस्ट पार्टीका नेता भीमबहादुर रावलले बजेटमा समेटिएका विषय र सरकारको कार्यशैलीमा तालमेल नमिलेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बजेट छलफलमा सत्तारुढ दलका नेता रावलले सरकारको आलोचना गरेका हुन् । बजेटमा देशभक्ति र सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने विषय पाठ्यक्रममा राख्ने उल्लेख गरिए पनि सरकारले धर्म प्रचारक विश्वविद्यालयलाई महत्व दिएको बताए ।
त्रिविले केही दिनअघि कोरियाको काङनाङ विश्वविद्यालयसँग पाँच वर्षका लागि शैक्षिक कार्यक्रम आदान प्रदान गर्ने सम्झौता गरेको थियो । सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि दिएको थियो ।
रावलले पोखरामा अन्तर्राष्ट्रिय संयुक्त सैन्य अभ्यास गरिएकोमा समेत विरोध जनाएका छन् । अमेरिकी राजदूतले गफगाफ कार्यक्रम गरिरहेको र कुटनीतिक मर्यादाविपरीत काम हुँदासमेत सरकारले रोक्न नसकेकोमा रावलको आपत्ति छ ।
बजेटमा समेटिएका विषय व्यवहारमा कार्यान्वयन गर्न उनले सुझाव दिए ।
प्रकाशित समय १५:०४ बजे

















