गृहपृष्ठ सांग्रिला विकास बैंकको नयाँ इन्टरनेट बैंकिङ सुविधा
सांग्रिला विकास बैंकको नयाँ इन्टरनेट बैंकिङ सुविधा
सांग्रिला डेभलपमेन्ट बैंकले नयाँ इन्टरनेट बैंकिङ सुविधा सञ्चालनमा ल्याएको छ । पहिल्यै भएको इन्टरनेट बैंकिङ सुविधामा बैंकले नयाँ फिचर थप गरेको हो ।
बैंकले अन्तरबैंक रकम ट्रान्सफर, सेड्युल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरुको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आईपिएस कनेक्ट, रिचार्ड कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न सुविधासहितका फिचर थपिएको जनाएको छ ।
बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाबाट यी सुविधाको थालनी गरेको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जानकारी दिए ।
प्रकाशित समय १९:४२ बजे

















