गृहपृष्ठ राजपुर फदहवाका प्रमुख प्रशासकीय अधिकृतलाई महिलाले कुटे

राजपुर फदहवाका प्रमुख प्रशासकीय अधिकृतलाई महिलाले कुटे

जनचेतना अभिवृद्धिको रकम नदिएको भन्दै रौतहटको राजपुर फदहवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिग्देलमाथि हातपात भएको छ ।

आइतबार अपराह्न महिलाको समूह कार्यालयभित्र प्रवेश गरी उनीमाथि कुटपिट गरेका हुन् । हातपातमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय अम्बिया खातुन र सोनापति साह छन् । दुई दिनअघि सोही नगरपालिकाका मेयर शेख सकिलमाथि पनि कुटपिट भएको थियो ।

काम गरिरहेका बेला महिलाको समूह एक्कासी कार्यालय प्रवेश गरी आफूमाथि कुटपिट गरेको सिग्देलले बताए । सामाजिक जनचेतना अभिवृद्धिका लागि माग गरिएको रकम नदिएपछि कुटपटि भएको हो ।

कुटपिटबाट सिग्देलको आँखानेर चोट लागेको छ । नगरपालिकामा सिग्देलको सरुवा हुनु अगावै सो कार्यक्रमका लागि १२ लाख बजेट छुट्याइएको थियो ।

प्रकाशित समय ०८:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु