गृहपृष्ठ बट्टार र दुप्चेश्वरमा एभरेस्ट बैंक

बट्टार र दुप्चेश्वरमा एभरेस्ट बैंक

????????????????????????????????????

काठमाडौं- एभरेस्ट बैंकले नुवाकोटको दुप्चेश्वर र बट्टारमा शाखा विस्तार गरेको छ । बट्टार शाखाको उद्घाटन विदुर नगरपालिका प्रमुख सन्जु पण्डित र बंैकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रूपमा गरेका हुन् ।
उक्त कार्यक्रममा विदुर नगरपालिका उपप्रमुख गीताकुमारी दाहाल, नेपाल प्रहरीका, प्रहरी नायब उपरीक्षक नरहरि रेग्मी, नेपाली सेनाका मेजर प्रेमनारायण श्रेष्ठ तथा अन्य वरिष्ठ पदाधिकारीको उपस्थिति रहेको थियो ।
त्यसैगरी, दुप्चेश्वर शाखाको उद्घाटन दुप्चेश्वर गाउँँपालिका अध्यक्ष योविन्द्र सिं तामाङ र बंैकका प्रमुख कार्यकारी अधिकृत सेठले संयुक्त रूपमा गरेको बैंकले जनाएको छ । बैंकको ग्राहक संख्या साढे नौ लाख बढी छ, जुन बैंकिङ क्षेत्रमा नै सबैभन्दा उच्च भएको दाबी पनि बैंकले गरेको छ ।
बैंकले ८० वटा शाखा, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटीएम तथा बृहत् बाह्य सञ्जालमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित समय ०८:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु