गृहपृष्ठ धनुषाको ढल्केबरमा सिभिल बैंकको शाखा स्थापना
धनुषाको ढल्केबरमा सिभिल बैंकको शाखा स्थापना
सिभिल बैंकले धनुषाको ढल्केबरमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको मिथिला नगरपालिका प्रमुख हरिनारायण महतोले उद्घाटन गरेका छन् ।
शाखा उद्घाटन समारोहमा सिभिल बैंक प्रदेश २ का प्रदेश प्रमुख दिपककुमार श्रेष्ठलगायत सो क्षेत्रका राजनीतिक व्यक्तित्व, उद्योगी, व्यवसायी एवं सर्वसाधारणको उपस्थिति थियो । ढल्केबर शाखासहित बैंकको कुल शाखा संख्या ७६ पुगेको छ ।
प्रकाशित समय २०:०५ बजे

















