गृहपृष्ठ मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

मेगा बैंक र प्राइम लाइफ इन्स्योरेन्सबीच सम्झौता

Mega-Prime-Life-Insurance-newskarobar

मेगा बैंक नेपाल र प्राइम लाइफ इन्स्योरेन्सबीच बिमा व्यावसाय विस्तार गर्ने उद्देश्यले बिमा सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र प्राइम लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

सहमतिसँगै मेगा बैंकका ग्राहकले प्राइम लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बिमासम्वन्धी सम्पूर्ण सेवा तथा सुविधा मेगा बैंकका सबै शाखाबाट लिन सक्नेछन् । मेगा बैंकका देशभरका १०२ शाखाबाट प्राइम लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्नुका साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु