गृहपृष्ठ सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
सातवटै प्रदेशको बजेट आज सार्वजनिक हुँदै
सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६?७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्न लागेका हुन् । प्रदेश सरकारको यो दोस्रो वार्षिक बजेट हो ।
प्रदेश सरकारहरुले नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । सबै प्रदेश सरकारले प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । उनीहरुले कृषि, पर्यटन, सडक, खानेपानीलगायतलाई बजेटको प्राथमिकता बनाएका छन् । सातवटै प्रदेशको कुल बजेट करिब २ खर्ब ५४ अर्बको हुने आंकलन गरिएको छ ।
प्रदेश १ ले ३६ अर्ब, प्रदेश २ ले ३४ अर्ब, प्रदेश ३ ले ५० अर्ब, गण्डकी प्रदेशले ३० अर्ब, प्रदेश ५ ले ३५ अर्ब, कर्णाली प्रदेशले ३२ अर्ब र सुदूरपश्चिम प्रदेशले करिब २९ अर्बको बजेट सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
प्रकाशित समय १२:१७ बजे

















