गृहपृष्ठ गुठी विधेयक सच्याउन सरकार तयार छ : प्रधानमन्त्री

गुठी विधेयक सच्याउन सरकार तयार छ : प्रधानमन्त्री

'केही मानिसले यस्तै इस्यु खोजिरहेका होलान् र चान्स पायौं भन्ने ठानेका होलान् तर त्यो पाउने छैनन्'

kp-oli_pm-newskarobar फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउन सरकार तयार रहेको बताएका छन् । साताव्यापी युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीले काठमाडौं ओर्लिएलगत्तै भने, ‘गुठी विधेयकले संस्कृतिमा धक्का पुगेको भए सुधार गर्न सरकार तयार छ ।’

गुठीका नाममा कतिपय ठाउँमा शोषण भएको पनि उनले बताए । ‘यो जनताको सरकार हो, जनताकै इच्छा र चाहनाअनुसार काम हुन्छ । जनतालाई हामी भगवान मान्छौँ । कुनै पनि काम सतप्रतिशत हुँदैन, सुधार गर्नुपर्ने भए सरकार त्यसका लागि तयार छ,’ उनले भने ।

प्रधानमन्त्री ओलीले अहिलेको समय आन्दोलन र उत्तेजनाको नभएको बताए । ‘यो समय सहयोग र सहकार्यको हो । सानातिना कुरामा अल्झनु राम्रो होइन,’ उनले भने, ‘केही मानिसले चान्स पाएँ भनेका होलान्, त्यो पाउने छैनन् ।’

प्रधानमन्त्री ओलीले सरकारले संस्कृति र कलाको संरक्षण गर्ने बताए । रीतिरिवाज र धर्म–संस्कृतिका कुरामा असर पर्ने गरी जानेर-नजानेर कमजोरी भएको रहेछ भने सरकारले सच्याउने उनले प्रस्ट पारे ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु